नेपाली बजारमा सुनको अभाव, ग्राहकले आफ्नो रोजाइको गहना बनाउन आफैं सुन ल्याउनु पर्ने अवस्था — OSNepal

नेपाली बजारमा सुनको अभाव, ग्राहकले आफ्नो रोजाइको गहना बनाउन आफैं सुन ल्याउनु पर्ने अवस्था

LC (KTM) April 15, 2022 0

काठमाडौं २ वैशाख । नेपाली बजारमा काचो सुनको मौज्दात सकिएको नेपाल बैंकर्स एसोसिएसनले जानकारी दिएको छ ।

गत चैत २१ गते नेपाल राष्ट्र बैंकले एलसी नखोल्न बैंकहरुलाई निर्देशन दिएपछि आज शुक्रबारबाट सुनको मौज्दात सकिने एसोसिएसन जनाएको छ ।

सुन आयात नभएको ११ दिन भएको र आज शुक्रबारको लागि जम्मा १६ किलो मौज्दात भएको र त्यो पनि आज सकिने एसोसियसनले जनाएको छ ।

महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले दिएको जानकारी अनुसार बैंकहरुलाई सुन लगायतका वस्तुको एलसी नखोल्न राष्ट्र बैंकको निर्देशनपछि सुनको आयात ठप्प भएको हो ।

अहिले बजारमा सुनको आभाव भएकाले अहिले ग्राहकले आफ्नो रोजाइको गहना बनाउन आफैं सुन ल्याउनु पर्ने अवस्था आएको छ । भने बजारमा अहिले बनाएका रेडि-मेड सुन मात्रै भएको एसोसियसनले जनाएको छ ।

वैशाख सुरु भएसँगै विवाहको लगन छोपेपनि नेपाली बजारमा सुनको आभाव देखिएको महासचिवबज्राचार्यले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर