नेपाली बजारमा केराको मुल्यमा उच्चवृद्धि — OSNepal

नेपाली बजारमा केराको मुल्यमा उच्चवृद्धि

LC (KTM) April 15, 2022 0

काठमाडौ २ वैशाख । नेपाली बजारमा पाकेको केराको मुल्य आकाशिएको छ ।कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले दिएको जानकारी अनुसार प्रतिदर्जन केराको मुल्य १६० पुगेपछि खुद्रामा २०० सय सम्म पुगेको जनाएको छ ।

समितिले दिएको जानकारी अनुसार अझै केराको मुल्य वृद्धि हुने जनाएको छ । १२० रुपैंया प्रतिदर्जन रहेको केराको मुल्य आज भने १६० पुगेको हो ।

केराको लागि भारतमा निर्भर रहेको नेपालमा केराको आयात रोकिएपछि बजारमा केराको मुल्य वृद्धि मात्र नभई अभाव पनि हुन सक्ने बताइएको छ ।

गत चैत २१ पछि एलसी नै रोकिए दिएपछि आयात बन्द भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर