आइपीएल : शाहरुख खानको टीम कोलकत्ता लाई झट्का , हैदराबाद संग पराजित भए संगै शीर्ष स्थानमा उक्लने मौका गुम्यो — OSNepal

आइपीएल : शाहरुख खानको टीम कोलकत्ता लाई झट्का , हैदराबाद संग पराजित भए संगै शीर्ष स्थानमा उक्लने मौका गुम्यो

LC (KTM) April 15, 2022 0

इन्डियन प्रिमियर लिग आईपीएल टी ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्स पराजित भएको छ । सनराइजर्स हैदरावाद संग कोलकत्ता पराजित भएको हो । मुम्बईमा शुक्रबार राति भएको खेलमा हैदरावादले कोलकत्ता नाइट राइडर्सलाई ७ विकेटले हराएको हो । कोलकत्ताले दिएको १ सय ७६ रनको लक्ष्य हैदरावादले १७ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।

हैदरावादको जितमा राहुल त्रिपाठीले ७१ रनको अर्धशतकीय इनिङ खेले ।यस्तै एडिन मार्क्रमले अविजित रहदै ६८ रनको अर्धशतकीय इनिङ खेले । कप्तान केन विलियम्सन १७ रनमा आउट भए ।कोलकत्ताका आन्द्रे रसेलले २ तथा प्याट कमिन्सले १ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७५ रन जोडेको थियो ।कोलकत्ताका लागि नितिश रानाले ५४ रनको अर्धशतकीय इनिङ खेले ।

आन्द्रे रसेल ४९ रनमा अविजित रहे । कप्तान श्रेयस आयरले २८ रन जोडे ।हैदरावादका टी नटराजनले ३ तथा उर्मान मलिकले २ विकेट लिए । हैदरावादको यो तेस्रो जित हो । सातौं स्थानको हैदरावादले ५ खेलमा ६ अंक जोडेको छ । कोलकत्ताले भने शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । कोलकत्ता ६ खेलमा ६ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर