प्रदेशसभा बैठक सुरु,मुख्यमन्त्री गुरुङले विश्वासको मत लिँदै — OSNepal

प्रदेशसभा बैठक सुरु,मुख्यमन्त्री गुरुङले विश्वासको मत लिँदै

LC (KTM) June 10, 2021 0

पोखरा २७ जेठ । गण्डकी प्रदेशको प्रदेश सभा बैठक सुरु भएको छ । आज बिहिबार सुरु भएको बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मुख्यमन्त्री लिने कार्यक्र्रम रहेको छ ।

एक महिना अगाडी मात्र दोस्रो पटक प्रदेशका मुख्यमन्त्री बनेका गुरुङले संवैधानिक व्यवस्था अनुसार आज विश्वासको मत लिने भएका हुन् । संवैधानिक व्यवस्था अनुसार उनले जेठ २९ गतेभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । त्यसैको लागि उनले २५ जेठमा विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका थिए ।

जम्मा ६० प्रदेश सभा सदस्य रहेकोमा मुख्यमन्त्रीले आफ्नो सरकार जोगाउन आज ३१ जना संसदको समर्थन जुटाउनु पर्छ । नेकपा एमालेका अध्यक्ष केपी ओली निकटका गुरुङको समर्थन जम्मा २७ सांसदको साथ रहेको छ । त्यस्तै विपक्षी गठबन्धनमा भने, काँग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, जसपाका २ र राष्ट्यि जनमोर्चाका ३ सांसद गरी कुल ३२ सांसद छन् । तथापी, राष्ट्यि जनमोर्चाका सांसद कृष्ण थापाले भने पार्टीको निर्देशन उल्लंघन गर्ने बताइसकेका छन् ।

यता प्रदेशका खेलकुद मन्त्री रहेको राजीव गुरुङ दिपक मनाङले साथ गुरुङको साथ छोड्ने निणर्य गरिसकेका छन् । यो अवस्थामा अब गुरुङ विश्वासको मत पाउने आशा पनि झिनो भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर