लिभरपुल एफए कपको उपाधी नजिक — OSNepal

लिभरपुल एफए कपको उपाधी नजिक

LC (KTM) April 16, 2022 0

लिभरपुल एफए कप फुटबलको उपाधी नजिक पुगेको छ । आज भएको सेमिफाइनलमा म्यानचेस्टर सिटीलाई ३-२ गोल अन्तरले हराउँदै लिभरपुल उपाधि नजिक पुगेको हो । लिभरपुललाई जित दिलाउन साडियो मानेले दुई गोल गरे । इब्राहिमा कोनाटेको नाममा एक रह्यो ।

सिटीका ज्याक ग्रेलिस र बेर्लेनान्डो सिल्भाले एक एक गोल फर्काए । वेम्बली स्टेडियममा इब्राहिमाले नवौं मिनेटमा गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए । खेलको १७ औं मिनेटमा मानेले गोल गर्दै टोलीको अग्रता २-० को बनाए । ४५ औं मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल गर्दा लिभरपुल ३-० ले अघि रह्यो ।

खेलको ४७ औं मिनेटमा सिटीका ग्रेलिसले गोल गर्दै खेल ३(१ को स्थितिमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा सिटीका सिल्भाले गोल गरेपनि लिभरपुल ३-२ ले विजयी भयो । अब लिभरपुलले उपाधिका लागि चेल्सी र क्रिस्टल प्यालेसबीचको विजेतासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर