आइपीएल : बैंगलोर संग दिल्ली १६ रनले स्तब्ध — OSNepal

आइपीएल : बैंगलोर संग दिल्ली १६ रनले स्तब्ध

LC (KTM) April 16, 2022 0

इन्डियन प्रिमियर लिग आईपीएल टी ट्वान्टी क्रिकेटमा दिल्ली लाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरले जित निकालेको छ । शनिबार राति भएको खेलमा बैंगलोरले दिल्ली क्यापिटल्सलाई १६ रनले पराजित गरेको हो । बैंगलोरले दिल्ली समक्ष १ सय ९० रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७३ रन मात्र बनाउन सक्यो । दिल्लीका लागि डेभिड वार्नरले ६६ रनको अर्धशतकीय इनिङ खेले । कप्तान ऋषव पन्तले ३४ रन जोड्दा पृथ्वी शले १६ तथा मिचेल मार्शले १४ रन बनाए । अक्षर पटेल र कुलदिप यादवले समान १० रन जोडे । बैंगलोरका जोश हाजलउडले ३ तथा मोहमद सिराजले २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८९ रन जोडेको थियो । बैंगलोरका लागि दिनेश कार्तिकले ६६ रनको अर्धशतकीय इनिङ खेले । ग्लेन म्याक्सवेलले पनि ५५ रनको अर्धशतकीय इनिङ खेले । शाहबाज अहमेदले ३२ रन जोड्दा विराट कोहलीले १२ रन बनाए ।

दिल्लीका शार्दुल ठाकुर, खलिल अहमेद, अक्षर पटेल र कुलदिप यादवले १-१ विकेट लिए ।यस जितसँगै बैंगलोरले ६ खेलमा ८ अंक जोडेको छ ।बैंगलोर तेस्रो स्थानमा उक्लिएको छ ।दिल्ली ५ खेलमा ४ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर