अमृताको रहस्यमय मृत्युपछि अन्तत बोल्यो बुटवल प्रहरी पनि — OSNepal

अमृताको रहस्यमय मृत्युपछि अन्तत बोल्यो बुटवल प्रहरी पनि

LC (KTM) April 17, 2022 0

काठमाडौं :

बुटवलको तिलोत्तमा नगरपालिका वार्ड नम्बर दुईमा बस्ने अमृता खत्रीको रहस्यमय मृत्यु भएको छ जसमा उनले दाजुलाई मलाई बचाउनु पर्यो भनेर म्यासेज पठाएको तीस मिनेट नबित्दै मृत्यु भएको थियो। उनको माइती पक्षले अमृताको श्रीमान् प्रेम टन्डन सहितको परिवारलाई ह’त्याको आरोप लगाएका छन्।

अमृताको दाईलाई आफ्नु बहिनीको मृत्युको बारेमा सोध्द उनी यसो भन्छन्,’ यस्तो मृत्यु भनेको निर्मम तरिकाले योजनाबद्ध रूपमा गरिएको ह त्या नै हो। पहिले पनि मेरो बहिनीलाई इण्डिया लगेर यों योजना सफल गराउने सोच थियो यिनी हरुको र त्यो योजना सफल हुन नसकेर बहिनीले म माइत बस्छु भनेर यही बस्न आए पनि पछि उनीहरूले छोराको ध म्की दिएर उतै घर गएकी थिइन्।

‘ राति बेलुका मेरो बहिनी माइतबाट घर गएकी थिइन् र उनले त्यस दिन राती नै मलाई दाई म यहाँ बस्न सक्दिन मलाई यहाँबाट लैजानु भनेर भनेकी थिइन्। त्यसपछि मैले घरमा सबै सँग सरसल्लाह गर्न खोज्दा खोज्दै ज्वाईले दश बजेर पन्ध्र मिनेटमा अस्पतालबाट बहिनी बिरामी भयो फोन गरेर दाई तपाईको बहिनी बिरामी भयो भनेर बोलायो ।’

‘त्यसपछि हामी हतारिदै अस्पताल पुगेऊ र हतारिदै जाँदा खेरि मेरो बहिनीको सास थिएन र मैले ज्वाई भनाउँदो ह’त्यारालाई के भयो मेरो बहिनीलाई भनेर सोध्दा बहिनी गई माथि भनेर नराम्रो तरिकाले जवाफ दियो जुन त्यो मान्छेले ह त्या गरेपछि मान्छेकाे मानवता भन्ने चीजबाट नै थाहा पाइन्छ। ‘

‘मेरो बहिनी सँग नौ बजेर बत्तीस मिनेटमा संवाद भएको थियो र अस्पातलले उनलाई नौ बजेर पचास मिनेटमा मृत्यु भएकै घोषणा गरेको थियो अनि उनीहरूले मेरो बहिनीको ह त्या घरमै गरेर त्यसपछि अस्पतालमा भर्ना गरेको कुराले पनि स्पष्ट खुलासा हुन्छ की मेरो बहिनीलाई रहस्यमय तरिकाले हत्*या गरिएको हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर