सांग्रिला डेभलपमेन्ट बैंकको एटिएम मेसिन तोडफोड गरिरहेको अवस्थामा २१ वर्षीय दिनेश पक्राउ — OSNepal

सांग्रिला डेभलपमेन्ट बैंकको एटिएम मेसिन तोडफोड गरिरहेको अवस्थामा २१ वर्षीय दिनेश पक्राउ

LC (KTM) June 10, 2021 0

काठमाडौं २७ जेठ । एटिएम मेसिन तोडफोड गरिरहेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डडेलधुरा सेतीबेशी गाउँपालिका–४ घर भएका २१ वर्षीय दिनेश क्षेत्री रहेको प्रहरीले जनाएको छ ।

काठमाडौं महानगरपालिका–५ स्थित भाटभटेनी चोकमा रहेको सांग्रिला डेभलपमेन्ट बैंकको एटिएम मेसिन तोडफोड गरिरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले क्षेत्रीलाई औजारसहित पक्राउ गरिएको हो ।

पक्राउ परेका क्षेत्री माथि प्रहरीले थप अनुशन्धान गरिरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर