स्पष्टिकरणको दोहोरीमा अब पालो सुदूरपश्चिमको : नेपाल समुहका १७ सांसदसँग २४ घण्टे स्पष्टीकरण माग — OSNepal

स्पष्टिकरणको दोहोरीमा अब पालो सुदूरपश्चिमको : नेपाल समुहका १७ सांसदसँग २४ घण्टे स्पष्टीकरण माग

LC (KTM) June 10, 2021 0

धनगढी २७ जेठ । पार्टीको निर्देशन विपरित मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको भन्दै नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले माधव नेपाल समुहका १७ जना प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

प्रदेशका एमाले सचिव राजेन्द्र रावलले दिएको जानकारी अनुसार स्पष्टिकरण सोधिएकाले चित्त बुझ्दो जवाफ नदिए पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशित गरिने भएको छ । माओवादी केन्द्रका मुख्यमन्त्री भट्टलाई माधव नेपाल समुहका १७ जना प्रदेश सांसदहरुले विश्वासको मत दिएका थिए ।

अध्यक्ष केपी ओली पक्षका सात जनाले विपक्षमा मतदान गर्दा नेपनल समुहले तत्काल नै स्पष्टिकरण सोधेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर