सात मन्त्री तथा एक राज्यमन्त्रीबाट पद तथा गोपनीयताको शपथ — OSNepal

सात मन्त्री तथा एक राज्यमन्त्रीबाट पद तथा गोपनीयताको शपथ

LC (KTM) June 10, 2021 0

काठमाडौँ २७ जेठ । नवनियुक्त मन्त्रिपरिषदका सात मन्त्री र एक राज्यमन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट ७ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् भने एक जना राज्य मन्त्रीले प्रधानमन्त्री केपी ओलीबाट सथप ग्रहण गरेका थिए ।

आज गरिएको मन्त्रिपरिषद् विस्तारमा माओवादी छाडेर आएका तथा नेकपा एमाले नेताहरुलाई नियुक्त गरी प्रधानमन्त्री ओली आफुसहित २५ जनाको मन्त्रिमण्डल गठन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर