बालुवाटारमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी — OSNepal

बालुवाटारमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी

LC (KTM) April 21, 2022 0

काठमाडौं-नेपाली कांग्रेसको शीर्ष नेताहरू बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस शीर्ष नेताहरूको बैठक बसिरहेको हो ।आसन्न स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न शीर्ष नेताहरूको बैठक बसिरहेको प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।

‘अहिले कांग्रेस शीर्ष नेताहरूको बैठक बालुवाटारमा बसिरहेको छ,’ उनले भने, ‘निर्वाचन लगायत समसामयिक विषयमा छलफल भइरहेको छ ।’ ३० वैशाखमा हुने स्थानीय तहमा गठबन्धनका नाममा पाँच दलबीच भागबन्डा गरिएपछि पोखरासहितका स्थानीय तहमा कांग्रेस कार्यकर्ताको विरोध भइरहेका बेला शीर्ष नेताहरूको बैठक बसेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर