• २०७८ असार ६ आइतबार

ताजा अपडेट

धेरै पढिएको

बहराइनमा स्पुतनिक–भी खोप ९४.३ प्रतिशत प्रभावकारी भएको दावी

बहराइनमा स्पुतनिक–भी खोप ९४.३ प्रतिशत प्रभावकारी भएको दावी


  • ओएसनेपाल
  • जेष्ठ २७ २०७८, बिहिबार
  • २:४८ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < 0 मिनेट
  • 3.2K
    SHARES

    मस्को, २७ जेठ – रुसको डाइरेक्ट इन्भेस्टमेन्ट फन्ट (आरडीआइएफ)ले आफुले बनाएको कोरोना  विरुद्धको खोप स्पुतनिक–भी बहराइनमा ९४.३ प्रतिशत प्रभावकारी भएको दावी गरेको छ । बहराइनमा चलिरहेको खोप अभियानको प्रभावकारिताबारेमा अनुसन्धान गर्दा यस्तो नतिजा देखिएको बहराइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मापदण्ड र निर्देशिका अनुसार अनुसन्धान गरिएको मन्त्रालयलद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । दोस्रो खोप लगाएको १४ दिनपछि मात्रै खोपको पूर्ण प्रभावकारी देखिएको पनि अध्ययनबाट पुष्टि भएको जनाइएको छ । खोप लगाएकाहरु कसैको पनि अहिलेसम्म मृत्युको खवर नआएको र खोप लगाएकाहरू गम्भीर विरामी पनि नभएको उनीहरूको दावी छ । बहराइनको मानवीय क्षति न्यून गर्नका लागि रुसी खोपको ठूलो योगदान गरेको पनि बहराइनका अधिकारीहरूले बताउने गरेका छन् ।

    स्पुतनिक–भी को कारण बहराइनको जनजीवन चाडै नै सामान्य अवस्थामा फर्किने अपेक्षा पनि गरिएको त्यहाँको प्रशासनले जनाएको छ । “हाम्रो अध्ययनले कोरोनाभाइरसविरुद्धको खोप स्पुतनिक–भी निकै प्रभावकारी र उपयोगी रहेको देखिएको छ,” बहराइनका स्वास्थ्य मन्त्री फेक्वा साइद अल सालेहले भन्नुभयो । अधिराज्यभरी रहेका सवै नागरिकलाई यो खोप निःशुल्क र सहजै उपलब्ध हुने व्यवस्था गरिएको पनि उहाँले बताउनुभयो । कोरोना विरुद्ध स्पुटनीक भी खोप प्रयोग गर्ने देशहरु मध्ये बहराइन ६७औँ देश भएको पनि रुसी अधिकारीहरुले जनाएका छन् । (रासस÷एएनआई)

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com