नेपाली काँग्रेस पर्वतकी यी चर्चित नेत्री 'मुना' मेयरको दाबेदार, भन्छिन् 'टिकट पाए पार्टीको भरोसालाई डगमगाउन दिन्न' — OSNepal

नेपाली काँग्रेस पर्वतकी यी चर्चित नेत्री ‘मुना’ मेयरको दाबेदार, भन्छिन् ‘टिकट पाए पार्टीको भरोसालाई डगमगाउन दिन्न’

LC (KTM) April 21, 2022 0

पर्वत । वि.सं. २०६१ सालमा तत्कालिन बिद्रोही माओवादीबाट अपहरणमा परी २०६२ / ०६३ को जन आन्दोलनमा अग्रपंक्तिमा रहेर आफ्नो जिम्मेवारी पुरा गरेकी नेपाली कांग्रेसकी युवा नेत्रृ मुना भुसाल यस पटक पर्वत जिल्लाको फलेवास नगरपालिकाको मेयरको आकाक्षी बनेकी छन् ।

विगतका निर्वाचनमा  नेपाली काङ्ग्रेस पार्टीलाई बिजयी गराउन विभिन्न भुमिकामा जिम्मेवारी प्राप्त गरि निरन्तर सक्रिय रहेकी भुसाल यस पटक भने फलेवास नगरपालिका भित्र युवापुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने आवाजहरुमा परेकी छन् ।

गएको २०७४ सालको निर्वाचनमा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका पदमपाणि शर्मा र मञ्जु अधिकारीले क्रमशः प्रमुख र उपप्रमुखमा विजयी भएका थिए । युवा पुस्ताले युवा नेतृत्वलाई अघि सार्नुपर्ने दवाव पार्टी शीर्ष नेतृत्वलाई दिइरहेको अवस्थामा युवा नेत्री भुसालको नाम अंग्रपंक्तिमा आएको छ ।

त्यसैगरी गत चुनावमा नगर प्रमुखका प्रत्याशी गंगाधर तिवारी पनि लोकप्रिय छन् । त्यस्तै पार्टी उपसभापतिमा निर्वाचित भएका शिव सुवेदीले समेत आफूलाई प्रमुखको रुपमा प्रस्तुत गरिरहेका छन् ।

उपप्रमुखमा थोरै मतान्तरले पराजय भोग्न पुगेकी महाधिवेशन प्रतिनिधि रेखा गुरुङ, महाधिवेशन प्रतिनिधि राधा कुँवर क्षेत्री पनि युवा पुस्ताका नगर प्रमुखमा दावा गरेका महिला उम्मेदवारहरु हुन् । अन्यत्र पालिकामा महिलाहरुलाई उपप्रमुख मात्र सीमित गरिँदै आइरहेको परिवेशमा फलेवासमा भने तीन जना महिलाहरुनै प्रमुखका लागि दावा गरिरहेका छन् ।

यो सामग्री तयार परिरहँदासम्म पर्वतमा गठबन्धन कसरी जाने भन्ने टुंगो लागिसकेको छैन । आकांक्षीरुले आ आफ्ना दावीहरु प्रस्तुत गरिरहे पनि कुन पार्टीले कसलाई आधिकारिक उमेदवार बनाउने हो भन्ने निक्र्यौल आउन भने केही समय कुर्नुपर्ने नै देखिन्छ । उता नेकपा एमालेमा भने हालका नगर प्रमुख पदपाणि शर्मा, उपप्रमुख मञ्जु अधिकारी र प्रदेश सचिवालय सदस्य देवेन्द्रराज पाण्डेलाई सशक्त दावेदारका रुपमा हेरिएको छ ।

को हुन् मुना भुसाल ?
पर्वत जिल्ला फलेवास नगरपालिका वा ड न ११ पाङराङ की युवा नेत्रृ मुना भुसाल २०६१ सालमा श्री जनकल्याण मा वि बाच्छा बाट तत्कालीन बिद्रोही माओवादी पार्टीबाट अपहरणमा परेकी थिइन् । तयस पश्चात २०६२र०६३ को जनआन्दोलनमा अग्रपंक्तिमा रहि नियमित सरिक भई नेपाली राजीनीतिमा उदयमान ताराको रुपमा आफ्नो जिम्मेवारी पुरा गर्दै गइन् । बुँदागत रुपमा यस्तो छ उनको रानीतिक पृष्ठभुमि :

-श्री संस्कृत उच्च मा बि जैदी बाग्लुङको ने बि संघ इकाई सभापतिको जिम्मेवारी ।
-गुप्तेश्वर क्याम्पस कुश्मामा ने बि संघ इकाई उपसभापतिको जिम्मेवारी ।
-२०६५ सालको स्व बि यु कोषाध्यक्षको जिम्मेवारी ।
-२०६४ देखि २०७०सम्म निरन्तर ने बि संघ जिल्ला कार्यसमितिको कोषाध्यक्ष ।
-नेपाल तरुणदल जिल्ला कार्यसमिति सदस्य
– नेपाली काङ्ग्रेस १२ महाधिवेशनमा क्षेत्रीय सदस्य पदमा निर्वाचित ।
-नेपाली काङ्ग्रेस १३ औँ  महाधिवेशनमा खुल्ला महिला तर्फबाट अत्यधिक मतका साथ महाधिवेशन प्रतिनिधि निर्वाचित ।
-नेपाली काङ्ग्रेस १४ औँ महाधिवेशनमा खुल्ला महिला तर्फबाट महाधिवेशन प्रतिनिधिमा अत्यधिक मतले निर्वाचित ।
-नेपाल तरुणदलको चौथो महाधिवेशनमा केन्द्रीय पार्सद पदमा निर्वाचित।
-२०६४ सालको संबिधान सभाको निर्वाचनमा नेपाल बिधार्थी संघबाट निर्वाचन प्रचारप्रसार समितिको सदस्य रहि अग्रस्थानमा जिम्मेवारी निर्वाह ।
-२०७० सालको संबिधान सभाको निर्वाचनमा २९ अ‍ै वाडामा प्रचारप्रसार समितिको उप संयोजक जिम्मेवारी पुर्ण गरेको ।
-२०७४को तिनै तहका निर्वाचनमा नेपाली काङ्ग्रेस पार्टीलाई बिजयी बनाउन विभिन्न भुमिकाका जिम्मेवारी प्राप्त गरि निरन्तर सक्रिय रहेको ।
-पार्टीको आह्वान एव नेतृत्वमा भएका सबै किसिमका आन्दोलनमा जिल्ला देखि केन्द्रसम्म अंग्रपक्तिमा रहि निरन्तर संगठित ढङ्गबाट सहभागी भएको ।
-पटकपटकका आन्दोलनमा ४ पटकसम्म प्रहरी हिरासतमा परेको।
-आन्दोलनमा सहभागी हुने क्रममा प्रहरी दमनमा परि पटकपटक शारीरिक यातना परि देब्रे खुट्टा भाच्चिएको ।
– अन्तरपार्टी महिला संजाल गण्डकी प्रदेशको सदस्य ।

फलेवास प्रमुखको चर्चाको शिखरमा युवा नेत्री मुना भुसाल किन ?

‘म राजनीतिबाट कहिल्यै पनि हराएको छैन , सँगसँगै समाजसेवा पनि गर्दे आएकी छुँ , मेरो क्षमता र लगनशीलता हेरर पार्टीले मलाई मेयरमा टिकट दिन्छ भन्ने लागेको छ । आफु अनावश्यक गफ र भाषणमा विश्वास नगर्ने बताएकी उनले नगरलाई बनाउने सपना आफ्नो सपना भएको भन्दै त्यो सपना पुरा गरेर छाड्ने बताएकी छन् ।

इमान्दारिताका साथ आफु राजनितिमा आएको बताएकी उनले गएको निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउन आफ्नो ठाउँबाट सक्रियताका साथ लागेकाले यस पटक आफुले सहयोगको अपेक्षा गरेको समेत बताएकी छन् ।

पार्टीका हरेक गतिविधिमा संलग्न रहेकी उनले आफु नगर प्रमुख भएपछि नगरको विकासको लागि के के गर्ने भन्ने खाका समेत तयार पारी सकेकी छन् । राजनीतिको पुरानै मान्छेमा गनिने उनले भनेकी छन्, मैले गरेको सामाजिक योगदानका आधारमा पनि मलाई धेरै मत आउँछ । अहिलेसम्म कसैलाई अहित हुने काम गरेको छैन र गर्दा पनि गर्दिन ।

लामो समय विभिन्न संघसंस्थामा रही सामाजिक सेवामा काम गर्दै विद्यार्थी राजनीतिबाट स्थापित भई महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य हुँदै केन्द्रीय राजनीतिमा पुगेकी भुसाललाई नगर प्रमुखको सशक्त दावेदावरका रुपमा यसकारण हेरिएको छ । नेपाल विद्यार्थी संघ, तरुण दलमा समेत काम गर्दै मुल पार्टीमा सक्रिय भुसाल जिल्लामा लोकप्रिय युवा नेत्रृको रुपमा परिचित छन् ।

यदि भुसालले प्रमुखको टिकट पाए विपक्षी दलको तथा केही तटस्थ मत समेत आफ्नो पोल्टामा पार्दै ठूलो मतान्तर सहित जीत हात पार्न सक्ने कुरामा उनी विश्वस्त छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर