सभापति देउवाद्वारा पोखरेलको निधनप्रति दुःख व्यक्त — OSNepal

सभापति देउवाद्वारा पोखरेलको निधनप्रति दुःख व्यक्त

LC (KTM) June 10, 2021 0

काठमाडौँ, २७ जेठ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको निर्माण व्यवसायी समन्वय विभागका सदस्य दिपेन्द्र पोखरेलको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । झापा निवासी पोखरेल विरामी भएपछि एक महिना अघिदेखि काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत रहनुभएको र यही जेठ २५ गते ५२ वर्षको उमेरमा निधन हुनुभएको थियो ।

सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत पोखरेलको निधनले झापा काँग्रेसले भविष्यको एक आशालाग्दो र सक्षम नेतृत्व गुमाएको उल्लेख गर्दै उहाँप्रति श्रद्धाञ्जलि र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको राजनीतिबाट आरम्भ गर्नुभएका पोखरेलले काँग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर