पूर्व गृहमन्त्री रामबहादुर थापाकी पत्नी नैनकला सञ्चारमन्त्री संगै सरकारको प्रबक्तामा समेत नियुक्त , सत्ता टिकाउन अनेक तिकडम रच्दै ओली — OSNepal

पूर्व गृहमन्त्री रामबहादुर थापाकी पत्नी नैनकला सञ्चारमन्त्री संगै सरकारको प्रबक्तामा समेत नियुक्त , सत्ता टिकाउन अनेक तिकडम रच्दै ओली

LC (KTM) June 10, 2021 0

नेपालको राजनीतिमा पछिल्लो समय एकै दिनमा उलटपुलट हुनेक्रम जारी रहेको छ । सोच्दै नसोचेका ब्यक्तिहरु समेत मन्त्री बनिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकार बचाई राख्न धौधौ नै परेको छ ।

त्यसैले सत्ता टिकाईराख्नका लागि योग्यता क्षमता नै नहेरी धमाधम मन्त्री दिईरहेका छन् । पूर्व गृहमन्त्री रामबहादुर थापाकी पत्नी नैनकला थापालाई आज सञ्चारमन्त्रीको जिम्मेवारी दिइएको छ ।

त्यस लगत्तै सरकारको प्रवक्ताको जिम्मेवारी पनि सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापालाई दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री ओलीले आजै सात मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर