एक युवतीको फोटो देखेकै भरमा घरबेटीले कोठाभाडा दोब्बर बढाए — OSNepal

एक युवतीको फोटो देखेकै भरमा घरबेटीले कोठाभाडा दोब्बर बढाए

LC (KTM) April 23, 2022 0

अमेरिकामा एउटा अचम्मको घटना घटेको छ । एक युवतीलाई घरबेटीले उनको तस्बीर देखेरै घरभाडा दोब्बर बनाई दिएका छन् । पोल्याण्डकी ति महिलाको नाम रोमी चेस हो । २९ बर्षिया रोमी अमेरिकाको मियामी फ्लोरिडामा फ्ल्याटमा बस्दै आएकी थिइन् । पेशाले उनी पहिला प्राथमिक स्कुलकी एक शिक्षिका रहेकि थिइन् ।

उनी आफ्नो किनेको फ्ल्याटमा एक वर्षसम्म बसिन् तर त्यसपछि घरधनीले भाडा एक्कासी दोब्बर बनाए । एकदिनको कुरा हो । रोमी आफ्नै फ्ल्याटमा आराम गरिरहेकी थिईन् । त्यसबेला फ्ल्याटमा घरबेटी आए । रोमीका अनुसार गत वर्ष नोभेम्बरमा फ्ल्याट हेर्ने बहानामा घरधनी एक्कासी उनी भएको ठाउँमा आई पुगेका थिए ।

जब उनी कोठामा पसेर रोमीलाई एकनासले हेरिरहे । एकोहोरो हेरेपछि घरधनीले भने–  ‘मैले तिम्रो इन्स्टाग्राम अकाउन्ट हेरेको छु , तिमी कुन वेबसाइटका लागि के काम गर्छाै त्यो सबै लिङ्क पनि हेरेको छु ।’यी सबै कुरा सुनेर रोमी छक्क परेकि थिईन् । उनले डराउँदै जवाफ दिईन्– ठिक छ । रोमीका अनुसार घरधनी भित्र एक किसिमको बेग्लै मनोबृत्ति रहेको थियो । उनले आफ्नो बारेमा के धारणा बनाईरहेका छन् त्यो पनि मलाई स्पष्ट रुपमा थाहा थियो– रोमीले भनिन् ।

महिलाको घरधनीले यी तस्विरहरू अनलाइन देखेपछि भाडा दोब्बर बनाएका हुन् । डेली मिररमा प्रकाशित एक रिपोर्टका अनुसार यसअघि उनले एक महिनाको २३ सय डलर ९२ लाख ८० हजार रूपैयाँ० भाडा तिर्ने गरेकोमा घरधनीले बढाएर ४८ सय डलर ९५ लाख ८५ हजार० पुर्याएका छन् । उनी बसेको फ्ल्याटमा ४ वटा बेडरूम थिए ।

तर रोमीले आफूले गरेको काममा गर्व लाग्ने गरेको  बताइन् । रोमी एक वेबसाइटमा धेरै लोकप्रिय छिन्, जहाँ उनले आफ्ना अन्तरंग फोटोहरू सेयर गर्छिन्। उनले काम गर्ने वेबसाइटबाट पहिलो वर्ष १ मिलियन डलर कमाएकी छन् । इन्स्टाग्राममा उनका १८ लाखभन्दा बढी फलोअर्सहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर