बाजुरामा वनमा काफल खान चढेको रूख ढल्दा सातजना बालक घाइते,घाइते मध्ये तीन जनाको अवस्था गम्भीर — OSNepal

बाजुरामा वनमा काफल खान चढेको रूख ढल्दा सातजना बालक घाइते,घाइते मध्ये तीन जनाको अवस्था गम्भीर

LC (KTM) April 24, 2022 0

बाजुराको बडीमालिका नगरपालिकामा वनमा काफल खान चढेको रूख ढल्दा सातजना बालक घाइते भएका छन् । बडीमालिका नगरपालिका–८ मा रूख चढेर काफल खाइरहेका बेला एकाएक काफलको रूख ढलेर सात बालक घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

घाइते हुनेमा बडीमालिका नगरपालिका–८ का १४ वर्षीय दीपक रावल, १६ वर्षीय कमल रावल, दिलु रावल, भीम रावल, विवेक रावल र सुजन रावल रहेका छन् । उनीहरू करिब ५ बजेतिर सोही वडाको खर्रामा काफल खान गएको प्रहरीले जनाएको छ ।

घाइते भएका सातमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्था रहेका कमल रावल, भीम रावल र कमल रावल रहेका छन् । घाइते बालकहरूको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर