आज पनि मूल्य बढ्यो अमेरिकी डलरको, हेर्नुहेस कुन देशको कति पुग्यो ? — OSNepal

आज पनि मूल्य बढ्यो अमेरिकी डलरको, हेर्नुहेस कुन देशको कति पुग्यो ?

LC (KTM) June 11, 2021 0

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ११७ रुपैयाँ १९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६५ रुपैयाँ २१ पैसा रहेको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ तथा बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

युरो एकको खरिददर १४१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५७ पैसा रहेको छ । क्यानाडियन डलर एकको खरिददर ९६ रुपैयाँ २७ पैसा तथा बिक्रीदर ९६ रुपैयाँ ७६ पैसा कायम रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २३ पैसा तथा बिक्रीदर ९० रुपैयाँ ७० पैसा रहेको छ । साउदी अरेबियन एकको खरिददर ३१ रुपैयाँ ०९ पैसा तथा बिक्रीदर ३१ रुपैयाँ २५ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३२ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर