दुई लाख सत्तरी हजारमा अष्ट्रेलियाबाट खरीद गरी ल्याएको बोयर बोका — OSNepal

दुई लाख सत्तरी हजारमा अष्ट्रेलियाबाट खरीद गरी ल्याएको बोयर बोका

LC (KTM) April 26, 2022 0

तनहुँ- व्यास नगरपालिका–४ चुरीखोल्सीस्थित गंगा देवी बाख्रा फार्ममा अष्ट्रेलियाबाट ल्याइएको शुद्व बोयर जातका बोका । एउटा बोका रु.दुई लाख सत्तरी हजार मूल्यमा खरीद गरी ब्याड (बीउको लागि)को लागि ल्याइएको किसान बताउँछन् । तस्वीर सानेबहादुर नेपाली, रासस

बागलुङमा एक हजार १२६ जनाको उम्मेदवारी
बागलुङको दश स्थानीय तहमा विभिन्न पदमा एक हजार १२६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । चार नगरपालिका, ६ गाउँपालिका र ८५ वडाका विभिन्न पदका लागि उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिनुभयो ।

चार नगरपालिकामा प्रमुखका लागि ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपप्रमुखमा १९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । छ गाउँपालिकामा अध्यक्षमा २५ तथा उपाध्यक्षमा २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै ८५ वडामा वडाध्यक्षमा २६५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । महिला सदस्यका लागि १७५, दलित महिला सदस्यका लागि १६९ र सदस्यमा ४०९ जनाले उम्मेदवारी दर्ता गराएको न्यौपानेले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर