अमेरिकाकी उपराष्ट्रपति कमलालाई नै लाग्यो कोरोना — OSNepal

अमेरिकाकी उपराष्ट्रपति कमलालाई नै लाग्यो कोरोना

LC (KTM) April 27, 2022 0

वासिङ्टन अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिस कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । शङ्का लागेपछि मङ्गलबार कोरोना परीक्षण गरिएकोमा सङ्क्रमण पुष्टि भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

“उहाँलाई कुनै ठोस लक्षण देखिएको छैन भने कुनै स्वास्थ्य समस्या पनि भएको छैन, तर आइसोलेसनमा भने बस्नु भएको छ,” उहाँका प्रवक्ताले भनेका छन् । प्रवक्ताले जारी गरेको वक्तव्यमा उपराष्ट्रपति ह्यारिसले निवासमै आइसोलेसनमा बसेपनि भित्रै बसेर गर्न मिल्ने कतिपय कामहरू भने निरन्तर गरिरहनु भएको उल्लेख गरिएको छ ।

उहाँ राष्ट्रपति जो वाइडेन तथा प्रथम महिलासँग भौतिक निकटतामा भने नरहेको पनि प्रवक्ताले जानकारी दिनु भएको छ । अहिले कोरोना भाइरस नियन्त्रण सम्बन्धी निर्देशिकाको ५७ बर्षिया उपराष्ट्रपति ह्यारिसले पूर्ण पालना गर्नु भएको र नियमित स्वास्थ्य परीक्षण पनि गराइरहनु भएको उहाँको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर