उम्मेदवारको मनोनय फिर्ता गराउन डर, धाक, धम्की र धरपकड नगर्न निर्वाचन आयोगको आग्रह — OSNepal

उम्मेदवारको मनोनय फिर्ता गराउन डर, धाक, धम्की र धरपकड नगर्न निर्वाचन आयोगको आग्रह

LC (KTM) April 29, 2022 0

काठमाडौं १६ वैशाख । निर्वाचन आयोगले उम्मेदवार मनोनय फिर्ता गर्न शुक्रबार साँझ पाँच बजे सम्मको समय दिएको छ ।

उक्त समयमा उम्मेदवारको मनोनयन फिर्ता गराउन डर, धाक, धम्की नदिन र धरपकड नगर्न आयो गले विज्ञप्ती जारी गर्दै आग्रह गरेको छ ।

जारी विज्ञप्तीमा उम्मेदवारले आफूलाई फिर्ता लिन इच्छा लागेमा राजीखुसीले लिखित सूचना दिएमा उम्मेदवारी फिर्ता हुन उल्लेख गरिएको छ ।

उम्मेदवार वा तिनका परिवारलाई धम्की दिनु निर्वाचनजन्य कसुर र आचारसंहिता विपरीत हुने आयोगले जनाएको छ ।

आयोगले जारी गरेको विज्ञप्तीमा यस्तो भनिएको छ हेर्नुहोस् विज्ञप्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर