एमाले कुहिने अवस्थामा पुगेकोले कम्युनिष्ट सिद्धान्तको रक्षा आफुहरुले एकीकृत समाजवादी निमार्ण गरेको : माधव नेपाल — OSNepal

एमाले कुहिने अवस्थामा पुगेकोले कम्युनिष्ट सिद्धान्तको रक्षा आफुहरुले एकीकृत समाजवादी निमार्ण गरेको : माधव नेपाल

LC (KTM) April 29, 2022 0

काठमाडौ १६ वैशाख । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नामको हिसाबले पार्टी नयाँ भएपनि इतिहासका हिसाबले २००६ सालदेखिकै विरासत बोकेको पार्टी भएको बताएका छन् ।

पुरानो नेकपा एमाले सबै हिसाबले कुहिने अवस्थामा पुगेकोले कम्युनिष्ट सिद्धान्तको रक्षा गर्न आफुहरुले नयाँ नेकपा एस निमार्ण गरेको बताएका हुन् ।

शुक्रबार पार्टी कार्यालय आयोजित पार्टी एकता कार्यक्रममा अध्यक्ष नेपालले आन्दोलनलाई जोगाउन, क्रान्तिकारी भावनालाई जोगाउँदै आगाडि बढ्न आफुहरुले नयाँ पार्टी स्थापना गरेको बताएका हुन् ।

‘नामको हिसाबले हामी नयाँ हौं तर इतिहासको हिसाबले २००६ सालको देखिको निरन्तरता पनि हो,’ उनले भने , पुष्पलाको पार्टी र उहाँको विरासत हामीले बोकेका छौं । कम्युनिष्ट आन्दोलनको झण्डा हामीले बोकेका छौं । पुरा योद्धाहरु हामीसँग हुनुहुन्छ । यसमा हामीमा गौरव बोध पनि छ ।’

नयाँ पार्टी निमार्ण भएको आठ महिनामै ठुलो सफलता हासिल मिलेको समेत उनले दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर