आफू मेयरमा निर्वाचित भए एक दिन मात्र खुशी मनाउँछु : केशव स्थापित — OSNepal

आफू मेयरमा निर्वाचित भए एक दिन मात्र खुशी मनाउँछु : केशव स्थापित

LC (KTM) May 01, 2022 0

काठमाडौं १८ वैशाख । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितले आफू मेयर निर्वाचित भएमा एक दिन मात्र खुशी मनाउने बताएका छन् ।

आइतबार श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै स्थापीतले यस्तो बताएका हुन् ।

निर्वाचित भएको १०० दिनभित्र आधारभूत समस्या समाधान गरेर प्रशासनिक सुधारको काममा लाग्ने बताएका स्थापीतले सर्वसाधारणले कुनै कर्मचारीले घुस मागेको प्रमाणसहित उजुरी गरेमा त्यस्ता कर्मचारीलाई तुरुन्तै निष्कासन गर्ने बताएका छन् ।

‘कर्मचारीले भ्रष्टाचार गरेको प्रमाण ल्याए त्यसै दिन निष्कासन गर्छौं, त्यसपछि बरु लड्न जाऔंला’ उनले भने ।

९९ दिनसम्म आम नागरिकलाई समस्या सुनाउने समय दिने र आधारभूत समस्या समाधान गरेर प्रशासनिक सुधारमा लाग्ने दावी गरेका स्थापीतले आफू निर्वाचित भएमा नेपाली कांग्रेससँग पनि आफूले गर्नुपर्ने कामको सूचि माग गरी सबै माग पूरा गरिदिने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर