निर्वाचनका लागि उम्मेदवारी दिएका एक जनाको निधन — OSNepal

निर्वाचनका लागि उम्मेदवारी दिएका एक जनाको निधन

LC (KTM) May 01, 2022 0

रुपन्देही, १८ वैशाख -आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिनुभएका एक जनाको निधन भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट मर्चवारी गाउँपालिका–३ को दलित महिला सदस्य पदमा उम्मेदवारी दिनुभएका कुसुमी पासिनको शनिबार मृत्यु भएको हो ।

उहाँको मृत्युको सूचना पाएपछि निर्वाचन आयोगमा जानकारी गराइएको मर्चवारीका निर्वाचन अधिकारी सरोज पोखरेलले बताउनुभयो । उहाँले निर्वाचनलाई असर नपर्ने गरी पुनः मनोनयनको प्रक्रिया अघि बढाउने उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर