३१ सांसदको हस्ताक्षरसहित गण्डकी प्रदेशमा मुख्यमन्त्रीको पदको लागि पोखरेलको दावी — OSNepal

३१ सांसदको हस्ताक्षरसहित गण्डकी प्रदेशमा मुख्यमन्त्रीको पदको लागि पोखरेलको दावी

LC (KTM) June 11, 2021 0

पोखरा २८ जेठ । बहुमतको सांसदको हस्ताक्षर सहित मुख्यमन्त्री पदको दावी पेश गर्न नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेल प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष पुगेका छन् ।

हिजो विश्वासको मत नपाएका कारण मु्ख्यमन्त्री पदबाट मुक्त भएका पृथ्वीसुब्बा गुरुङको स्थानमा सांसद पोखरेलले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखलाई ३१ सांसदको समर्थन आफूलाई रहेको भनी हस्ताक्षर बुझाएका हुन् ।

नेपाली कांग्रेसका १५ जना , नेकपा माओवादीका ११ जना राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहितका ेहस्ताक्षर लिएर सांसद प्रदेश प्रमुख पुगेका हुन् ।

गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका छन् । प्रदेश प्रमुखले भने दावीबारे अध्ययन गरेर मात्र निणर्य गर्ने बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर