उमेरले बुढो भए पनि मन लक्का जवान नै हुँदो रहेछ – चलचित्र लक्का जवानका निर्देशक शिबहरी पौड्याल — OSNepal

उमेरले बुढो भए पनि मन लक्का जवान नै हुँदो रहेछ – चलचित्र लक्का जवानका निर्देशक शिबहरी पौड्याल

LC (KTM) May 01, 2022 0

चलचित्र लक्का जवान यहि बैशाख २३ गते देशभरका हलहरुमा रिलिज हुदैछ । चर्चित हाँस्य कलाकारहरु रहेको यस फिल्म हाँस्य जनरामा आधारीत फिल्म रहेको छ । बिशुद्ध पारिवारीक फिल्म रहेकोले परिवार संगै बसेर हेर्न मिल्ने फिल्म रहेको लेखक तथा निर्देशक शिबहरी पौड्याल ( मुखमा हान्नु जस्तो ) बताउनुहुन्छ । प्रस्तुत छ उहाँ संगको कुराकानी :

प्रश्न : प्रमुख कलाकार त पाकै हुनुहुन्छ तर फिल्मको नाम चाँहि किन लक्का जवान नै राख्नु भएको ?

उत्तर :  ठिकै भन्नु भयो । कलाकार प्राय : सबै अनुभवी र पाकै छौ । तर फिल्मको नामले चाँहि मान्छे शरीरले बुढो होला तर मनले बुढो हुदैन भन्ने अर्थ दिन्छ । मान्छेको मन चाँहि जहिल्यै पनि जवान नै हुँदो रहेछ । यस फिल्मलाई यहि अर्थमा बुझिदिन आग्रह गरे ।

प्रश्न : प्रचार प्रसार कसरी गरिरहनु भएको छ ?

उत्तर : हामिले प्रचार प्रसार एकदमै तिब्र संग गरिरहेका छौ । केही हप्ता अघि पुर्व प्रचार सक्यौ , त्यस्तै चितवन तिर अनि अस्ति देखी हामी राजधानी केन्द्रित भएर प्रचारमा लागि रहेका छौ । प्राय ः जसो हामी दर्शककै माझमा पुगेर अर्थात रोड शो गरेर फिल्मको प्रचार गरिरहेका छौ । आज हामीले राजधानीको कोटेश्वर, इमाडोल लगायतका ठाउँमा फिल्मको प्रचार गरेका छौ ।

प्रश्न : फिल्मले हसाँउने मात्र हो कि अन्य खुराक पनि दिन्छ दर्शकलाई ?

उत्तर : बिशेषत : हाँस्य बिधाको फिल्म रहेकोले हसाँउने नै छ बढि चाँहि । तर हसाँउदा हसाउँदै हलबाट बाहिर निस्किदा रुनु पनि हुन्छ । यो लक्का जवान फिल्म ८० प्रतिशत हसाँउने हो भने २० प्रतिशत रोदन बोकेको चलचित्र पनि हो । फेरी एउटा कुरा फिल्मले जबरजस्ती हसाउँदैन यसले सिचुएसन अनुसार हरेक ठाउँमा कलाकार साथीहरुले हसाँउनु नै भएको छ । यो फिल्मको कथा यस्तो छ कि हाँस्दा हाँस्दै अन्त्यमा यो कथा मेरै हो कि भनेर अनुभुती गराउने खालको भएकोले रुवाउँछ पनि ।

प्रश्न : तपाईको ठुलो पर्दामा डेब्यु लेखन तथा निर्देशन , कस्तो अनुभव हुँदो रहेछ ?

उत्तर : एकदमै परफेक्ट अनुभव । म सानो पर्दामा मात्र कलाकार, लेखन तथा निर्देशकको भुमिकामा देखिने मान्छे । ठुलो पर्दामा अलि फरक अनुभव भयो । मैले आफैले लेखेको भएर पनि होला निर्देशन गर्न सजिलो नै भयो । फेरी अन्य धेरै कलाकार अनुभवी हुनुहुन्छ उहाँहरुको साथ र सहयोग त मिल्ने भईनै हाल्यो । तर धेरै कपीका पन्नाहरु चाँहि च्यात्नु प¥यो । यो पो ठिक हुन्छ कि भनेर गरिन्छ फेरी यसलाई अलिकति थप्दिन पाए हुन्थ्यो कि भन्ने लाग्छ । यसकारण पन्ना त कति च्यात्यो च्यात्यो ।

प्रश्न  : दक्षिण भारतीय चलचित्रको रजगज चलिरहेको छ , तपाईको फिल्म रिलीज हुन लागेको छ ? यस बिषयमा तपाईको केही                 टिप्पणी छ ?

उत्तर :  हामी नेपाली भएकोले पहिलो प्राथमिकता नेपाली फिल्मलाई नै दिनु पर्छ भन्ने मलाई लाग्छ । नेपाली फिल्म माटो सुहाउँदो हुन्छ । तर म हिन्दी फिल्म चाँहि हेर्दै नहेर्नु भन्दिन् । हामी आफै पनि हिन्दी फिल्म हेरेरै हुर्किएका हौ । त्यसकारण नेपाली फिल्मलाई पनि माया गर्दिनुहोस् भन्न चाहान्छु । पक्कै पनि नेपाली फिल्म २–४ करोडमा बनेको हुन्छ यसले ४–५ सय करोडमा बनेको फिल्म संग प्रतिष्पर्धा गर्न नसक्ला तर हामीले नेपाली फिल्मलाई माया गर्नु पहिलो प्राथमिकता हो । म बितरकहरु संग पनि यहि बाट यो अपिल गर्न चाहान्छु कि नेपाली फिल्मलाई पनि उत्तिकै स्थान दिनु आवश्यक छ । हुन त मैले आरआरआर र केजीएफ दुबै चलचित्र हेरे त्यहाँ भाला रोपेको, मान्छे उडाएको, कुटपिट, काटमार नै छ । तर अब दर्शको छनौटको कुरा हो । दर्शक हाम्रा भगवान हुन् त्यसैले यहि मात्र अपिल छ कि नेपाली फिल्मलाई पनि माया गर्दिनुहोला ।

प्रश्न : अन्त्यमा दर्शकलाई के भन्न चाहनु हुन्छ ?

उत्तर :  बैशाख २३ गते फिल्म लक्का जवान तपाईकै नजिकको हलमा लाग्न गईरहेको छ । एकदमै पारिवारीक र हसाउँदा हसाउँदै गंभीर भएर सोच्न बाध्य बनाउने खालको पारिवारीक फिल्म रहेकोले परिवार सहित हेर्दिनु हुन अनुरोध गर्दछु । नेपाली फिल्मलाई , नेपाली कलाकारलाई माया गर्दिनुहोला ।

(ओएस नेपालका रिर्पाेटर लोकनाथ रिजाल संगको कुराकानी )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर