पाल्पामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबिच झडप — OSNepal

पाल्पामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबिच झडप

LC (KTM) May 02, 2022 0

पाल्पा १९ वैशाख । पाल्पामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबिच झडप भएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि चुनाव प्रचारको क्रममा दुई दलका कार्यकर्ताबिच झडप भएको हो ।

झडप पछि एमालेको जिल्ला अध्यक्ष विष्णुप्रसाद रेग्मीले विज्ञप्ती नै निकालेर कांग्रेसको झण्डा सहितका सय भन्दा बढीको संख्यामा आएको समुहले र चुनाव प्रचार गरिएकामाथि कुटपिट गरेको बताएको छ ।

कालीगण्डकी करिडोर सडकमा दिउँसो ३ः३० बजेतिर कांग्रेसका कार्यकर्ताले कुटपिट गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

त्यसैगरी, कांग्रेका रामपुर नगरपालिका सभापति नेत्रप्रसाद भट्टराईले पनि विज्ञप्ति जारी गर्दै बिहान आठ बजे एमालेका वडा नं १० का वडा अध्यक्ष पदका उमेदवारका छोरा भारतीय सेनामा कार्यरत सन्दिप नाथको नेतृत्वको समूहले नेपाली कांग्रेसका कार्यकर्ताहरुमाथि सांघातिक हमला गरेको उल्लेख गरेको छ ।

दुवै पक्षले भने कुटपिटपछि भएको भौतिक र मानवीय क्षतिको क्षतिपूर्ती भराउन माग समेत विज्ञप्तीमा उल्लेख गरेका छन् ।

<img src="https://www.osnepal.com/wp-content/uploads/2022/05/Palpa-UML-and-Congress-Statement-1024x624.jpg" alt="" width="1024" height="624" class="alignnone size-large wp-image-217506" />                 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर