निर्वाचनको मुखैमा केशव स्थापितलाई सोध्यो निर्वाचन आयोगले स्पष्टिकरण — OSNepal

निर्वाचनको मुखैमा केशव स्थापितलाई सोध्यो निर्वाचन आयोगले स्पष्टिकरण

LC (KTM) May 02, 2022 0

काठमाडौं १९ वैशाख । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाका मेयरका उमेदवार दिएका केशव स्थापितलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

स्थापितले एक कार्यक्रममा यौन दुर्व्यवहारसम्बन्धी सोधिएको प्रश्नमा प्रश्नकर्तालाई नै लक्षित गरेर दिएको अभिव्यक्तिलाई लिएर आयो गले स्पष्टिकरण सोधेको हो ।

गत वैशाख १५ गते एक कार्यक्रममा स्थापीतले प्रश्न गर्ने एक युवतीलाई ‘यू आर नाइस लेडी तर थुतुनो राम्रो भएन’ भन्ने अभिव्यक्ति दिएका थिए ।

निर्वाचन आयोगले स्थापितलाई हामीले यसमा आचारसंहिता विपरीत भयो कि भएन ? तपाईंले यस्तो भन्नुभएको हो कि होइन भनेर सोधेको छ ।

तिन दिन भित्र स्पष्टिकरण दिन भन्दै आयोगले नेता स्थापितलाई पत्र काटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर