स्थानीय निर्वाचनमा महिला उम्मेदवार धेरै उठाउने पार्टी बन्यो नेकपा एमाले — OSNepal

स्थानीय निर्वाचनमा महिला उम्मेदवार धेरै उठाउने पार्टी बन्यो नेकपा एमाले

LC (KTM) May 02, 2022 0

काठमाडौं १९ वैशाख । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि सबैभन्दा धेरै महिला उम्मेदवार नेकपा एमालेले उठाएको छ । एमालेले निर्वाचनको लागि देशभरबाट ३३ हजार ५०३ जनामध्ये १४ हजार ४ जना (४१.७९ प्रतिशत) महिलालाई चुनावी मैदानमा उतारेको छ ।

निर्वाचन आयोगले दिएको तथ्यांक अनुसार उम्मेदवारी दिने १ लाख ५३ हजार २२० जनामध्ये ५७ हजार ९६७ जना महिला उम्मेदवार रहेका छन् ।

एमालेले प्रमुखमा २७, अध्यक्षमा २८, उपप्रमुखमा २६०, उपाध्यक्षमा ४१०, वडाध्यक्षमा ११८, महिला सदस्यमा ६ हजार ४११, दलित महिला सदस्यमा ६ हजार २०९ र सदस्यमा ५४१ जना महिलालाई उम्मेदवार बनाएको छ ।

एमाले पछि दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस परेको छ ।
जसले कुल उम्मेदवार ३१ हजार ४२५ जनामध्ये १२ हजार ८८२ जना (४०.९९ प्रतिशत) महिलालाई चुनावी मैदानमा उतारेको छ ।

कांग्रेसको तर्फबाट प्रमुखमा १२, अध्यक्षमा १९, उपप्रमुखमा १८२, उपाध्यक्षमा २९३, वडाध्यक्षमा ८०,महिला सदस्यमा ६ हजार ९२, दलित महिला सदस्यमा ५ हजार ८२८ र सदस्यमा ३७६ जना महिलालाई उम्मेदवार बनाएको छ ।

त्यसपछि तेस्रो स्थानमा परेको छ नेकपा माओवादी केन्द्र ,कूल २२ हजार २७९ जनाको उम्मेदवारी मध्ये ८ हजार ९७७ जना (४०.२९ प्रतिशत) महिला रहेका छन् ।

जसमा प्रमुखमा १८, अध्यक्षमा २९, उपप्रमुखमा १३३, उपाध्यक्षमा २०३, वडाध्यक्षमा ९२, महिला सदस्यमा ४ हजार १८७, दलित महिला सदस्यमा ३ हजार ९१८ र सदस्यमा ३९७ जना महिला परेका छन् ।

त्यसैगरी , राष्ट्रिय प्रजातन्त्र पार्टी चौथो स्थानमा,नेकपा (एकीकृत समाजवादी) चौथो स्थानमा , जनता समाजवादी पार्टी (जसपा), पाँचौमा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर