स्थापितको विरोधमा विज्ञप्ति निकाल्ने ४५ संस्थालाई आयोगको निर्देशन– २४ घण्टाभित्र हटाउनू, लायक की नालायक भनेर जाच्ने काम जनताको हो — OSNepal

स्थापितको विरोधमा विज्ञप्ति निकाल्ने ४५ संस्थालाई आयोगको निर्देशन– २४ घण्टाभित्र हटाउनू, लायक की नालायक भनेर जाच्ने काम जनताको हो

LC (KTM) May 02, 2022 0

काठमाडौं १९ वैशाख । नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको उमेदवार केशव स्थापितको उमेदवारी खारेजीको माग गर्ने ४५ वटा गैर सरकारी संस्थालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

स्थापितको उम्मेदवार खारेजीको माग गर्दै जारी गरिएको विज्ञप्तीमा समेत हटाउन आयोगले २४ घण्टा दिएको छ ।

आरोप लागेको व्यक्तिलाई सम्बन्धित दलले उमेदवार बनाउन हुन्थ्यो कि हुँदैनथ्यो त्यो सम्बन्धित पार्टीको कुरा भएको बताएको आयोगले उमेदवारी खारेजीको विषय गैर सरकारी संस्थाको मामिलाको विषय नभएको भन्दै यो पार्टीको आन्तरिक मामिला भएको बताएको छ ।

‘लायक की नालायक भनेर जाच्ने काम जनताको हो । त्यसकारण जुन उद्देश्यले स्थापना भएको हो त्यही काम गर्नू । कुन कानुनअनुसार माग गरेका हौ ? २४ घण्टाभित्र हटाएर जानकारी गराउनू भनेर स्पष्टीकरण सोधका हौँ ।’आयोगले भन्यो ।

आयोगले केहि बेर अगाडी मात्र स्थापितलाई समेत तिन दिनको समय दिएर स्पष्टिकरण सोधेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर