सम्राट क्यानडा अध्ययन मेला राजधानीमा सम्पन्न, ७ सय बढीले जनाए सहभागिता — OSNepal

सम्राट क्यानडा अध्ययन मेला राजधानीमा सम्पन्न, ७ सय बढीले जनाए सहभागिता

LC (KTM) May 04, 2022 0

काठमाडौँ । गोरेटो एजुकेशनल कन्सल्टेन्सी नयाँ बानेश्वर र आ इ सि सि कमलादीको संयुक्त आयोजनामा सम्राट क्यानाडा अध्ययन मेला सम्पन्न भएको छ। राजधानीको एल्लो प्यागोडामा सम्पन्न कार्यक्रममा करिब ७ सय बिद्यार्थी तथा अविभावकहरुको उपस्थिती रहेको थियो । बिहान ११ बजेबाट सुरु भएको कार्यक्रम अपराह्नन्न सम्म चलेको थियो ।

सो अवसरमा क्यानाडा अध्ययन, स्थायी बसोबास र डिपेन्डेन्ट भिषा सम्वन्धी जाकारी गराइएको थियो । मेलामा राम खड्का, धीरज कंडेल लगयातका काउन्सुलरहरुले क्यानाडा अध्ययन सम्वन्धी सिधा विधार्थी तथा अभिभावकहरुसँग अन्तरकृया गरेका थिए ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीपछि क्यानाडाले धेरै संख्यामा अन्तरास्ट्रिय विधार्थीहरुलाई अध्ययन अनुमती दिइराखेको छ । स्थायी बसोबासको बिभिन्न नितीहरुमा पनि सहज हुँदै आएको उक्त कार्यक्रमका परामर्शकर्ताले उल्लेख गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर