फलामको साङ्लोले दुबै खुट्टामा बाधेर राखिएका केशवलाई बिएण्सी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंको टोलीले गर्यो उद्दार — OSNepal

फलामको साङ्लोले दुबै खुट्टामा बाधेर राखिएका केशवलाई बिएण्सी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंको टोलीले गर्यो उद्दार

LC (KTM) May 08, 2022 0

बैशाख २०७९ : हल्दिवारी – १ चाक्लाका ३० बर्षिय युवा केशव बस्नेतलाई बिएण्सी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईं ,पब्लिक रिलेसन अफिसर प्रनिस गिरि सहितको मेडिकल टोलिले उनकै घरबाट उद्दार गरि लगेको छ । बिगत १०-१२ बर्षदेखी मानसिक समस्यामा परेका बस्नेत लाई उपचार गर्न नसके पछि फलामको साङ्लोले दुबै खुट्टामा बाधेर राखिएको थियोे ।

हल्दिवारी गाउँपालिका अध्यक्षका उम्मेद्बार डम्बरबहादुर गिरी र वडा अध्यक्षका उम्मेद्बार त्रिलोचन सापकोटा भोट माग्ने क्रममा बस्नेतको घरमा पुगेपछि उपचारको पहलको लागि प्रसाईलाई अनुरोध गरेको स्थानीय हरि सुबेदीले बताए । सुबेदीका अनुसार बस्नेत परिवारको जग्गा समेत स्थानीय भुतेनी खोलाले कटान गरि नाजुक अवस्था रहेको र बस्नेतको आमा जानुका बस्नेत समेत बिरामी भएपछि उनलाई साङ्लो ले बाधेर राखिएको थियोे ।

उनको उद्दार गर्ने क्रममा बिएण्सी का कार्यकारी निर्देशक प्रसाईले उपचार र १ बर्ष सम्मको औसधि आफ्नो अस्पतालले गर्ने भन्दै उपचार पछिको समयमा औसधि सेवनमा परिवारीले ध्यान दिनु पर्ने बताए । आफुले साङ्लोले बाधेर एउटा युवालाई महिनौं देखि राखिएको छ भनेको सुनेको १ घन्टा नवित्दै लिन आफू आफै आएको समेत स्थानीयलाई प्रतिक्रिया दिए ।साङ्लोले बाधिएका हल्दिवारीका ३० बर्षिय युवाको बिएण्सीले गर्‍यो उद्दार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर