तेलुगु फिल्म जर्सीको रिमेकमा शाहिद देखिदै — OSNepal

तेलुगु फिल्म जर्सीको रिमेकमा शाहिद देखिदै

LC (KTM) June 12, 2021 0

बलिउडका कतिपय सुपरहिट फिल्महरु छन् ति दक्षिण भारतीय फिल्मको रिमेक रहेका छन् । रिमेककै कारण धेरै जसो फिल्महरु एकदमै प्रसिद्ध भएका छन् र करोडौको ब्यापार गर्न सफल पनि भएका छन् ।

अर्जुन रेड्डीको हिन्दी रिमेक कबीर सिंहको अपार सफलतापछि बलिउड अभिनेता शाहिद कपुर फेरी दक्षिण भारतको हिन्दी रिमेकमा देखिने भएका छन्। शाहिद दक्षिण भारतको तेलुगु स्पोर्टस ड्रामा फिल्म ‘जर्सी’मा देखिने भएका हुन्।

फिल्ममा शाहिदसँगै मृणाल ठाकुर पंकज कपूर पनि रहनेछन्। फिल्मलाई तेलुगु ‘जर्सी’कै निर्देशक गौथम तिन्ननूरीले निर्देशन गर्दैछन्। फिल्मको हिन्दी रिमेकलाई आउँदो पर्वमा रिलीज गर्ने तयारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर