अपेक्षाले दिइन् सप्राइज — OSNepal

अपेक्षाले दिइन् सप्राइज

LC (KTM) May 11, 2022 0

काठमाडौं-  पुण्य गौतम एमालेमा प्रवेश गरेपनि उनकी श्रीमती अपेक्षाअधिकारी भने एकीकृत समाजवादीमै रहेकी छन् । अपेक्षा एकीकृत समाजवादीबाटै स्थानीय चुनाव समेत लड्न लागेको बताइएको छ । गोकणेश्वर नगरपालिका–८ मा नेकपा एसले अपेक्षालाई महिला वडा सदस्यको उम्मेदवार बनाएको हो ।

श्रीमती जुन पार्टीको उम्मेदवार छिन्, त्यही पार्टीलाई गाली गर्दै श्रीमान एमाले प्रवेश गरेपछि स्थिती रोचक बनेको छ । पुण्य गौतमले भने श्रीमती अपेक्षा रुपान्तरण भएर एमालेमै आउने अपेक्षा व्यक्त गरे । पुण्यले श्रीमतीलाई पनि एमालेमै लैजान खोजे पनि सहमत नभएको बताए ।

लोकतन्त्रमा पार्टी रोज्ने व्यक्तिगत स्वतन्त्रताको कुरा हो । हामी एक–अर्काको विचार–सिद्धान्तमा हस्तक्षेप गर्दैनौं भन्दै उनले गम्भीर जवाफ समेत फर्कए ।त्यस्तै उनले आफू श्रीमतीका लागि भोट माग्दै नहिँडेको र नहिँड्ने पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर