८५ वर्षको उमेरमा अभिनेता धर्मेन्द्रले समाते शबाना आजमीको हात, भने– म तिमीलाई माया गर्छु — OSNepal

८५ वर्षको उमेरमा अभिनेता धर्मेन्द्रले समाते शबाना आजमीको हात, भने– म तिमीलाई माया गर्छु

LC (KTM) May 11, 2022 0

धर्मेन्द्र बलिउडका दिग्गज कलाकार मध्येका एक हुन् । अहिले चलचित्रमा कम देखिने भएपनि सामाजिक सञ्जालबाट फ्यानसँग जोडिइनै रहेका छन् । उनी प्रायः सामाजिक सञ्जालमा भिडियो र तस्बिर शेयर गरिरहन्छन् । अब धर्मेन्द्रले आफ्नो एउटा तस्विर शेयर गरेका छन् जसमा उनी शबाना आजमीसँग देखिएका छन् । यो तस्बिरमा दुवै एकअर्काको मायामा डुबेको देखिन्छ । तस्वीरमा धर्मेन्द्रले शबानाको हात समातिरहेका छन् ।

धर्मेन्द्रले शबानासँगको रोमान्टिक तस्बिर पोस्ट गर्दै क्याप्सनमा लेखेका छन्– क्यामरा संग मेरो माया छ र म संग क्यामराको । तस्बिरमा धर्मेन्द्रले स्यान्डी कलरको ब्लेजर लगाएका छन् भने शबानाले गुलाबी, खैरो र नीलो रंगको साडी लगाएकी छन् । दुबैको अनुहारमा ठूलो मुस्कान छ। तस्बिरमा शबाना लजालु देखिएकी छिन् । उनको यो पोस्टलाई धेरैले मन पराइरहेको छ र उनका फ्यानहरुले यो पोस्टलाई धेरै माया गरिरहेका छन् ।

रकी र रानीको प्रेमकथामा धर्मेन्द्र र शबाना आजमीको जोडी करण जोहरको फिल्ममा फेरि देखिनेछ । यो तस्बिर पनि यही फिल्मको सेटको हो । यस फिल्ममा रणवीर सिंह र आलिया भट्ट मुख्य भूमिकामा छन् । फिल्ममा धर्मेन्द्र र शबानासँगै जया बच्चन पनि छिन् । धर्मेन्द्र अन्तिम पटक सन् २०१८ मा रिलिज भएको यमला पगला दिवानामा ठूलो पर्दामा देखिएका थिए । धर्मेन्द्र ठूला पर्दाबाट टाढा भए पनि टिभीमा देखापर्दै आएका छन् ।

उनी धेरै रियालिटी शोमा स्पेशल गेस्टको रुपमा देखिएका छन् । रकी र रानीको प्रेमकथा बाहेक उनी फिल्म ‘अपने २’ मा पनि देखिनेछन् । यस फिल्ममा सन्नी र बबी पनि रहनेछन् । यससँगै यस पटक तेस्रो पुस्ताको पनि कनेक्सन हुनेछ अर्थात सन्नीका छोरा करण पनि यस फिल्ममा हुनेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर