बलिउड अभिनेता अभिमन्यू तोमारले ‘हनी बनी’ मा अभिनय गर्ने — OSNepal

बलिउड अभिनेता अभिमन्यू तोमारले ‘हनी बनी’ मा अभिनय गर्ने

LC (KTM) May 11, 2022 0

काठमाडौं -फिल्म ‘हनी बनी’ मा बलिउड अभिनेता अभिमन्यू तोमारले अभिनय गर्ने भएका छन् । नायकको रुपमा अभिमन्यू अनुबन्धित भएको जानकारी निर्देशक दिवाकर भट्टराइले गराए । अभिमन्यूले ‘लैजा मजनु’ नामक सिनेमाबाट बलिउड र टिसिरिजको चर्चित गीत ‘याद पियाकी आने लगी’ लगायतका थुप्रै भिडियोमा मोडलिङ गरेका छन् ।

७ करोड लागतमा निर्माण हुन लागेको यस फिल्मलाई रबी इन्टरनेशलको प्रस्तुति रहने फिल्ममा गौतम प्रोडक्सन र भ्वाइस फिल्मस् लिमिटेडको सहकार्यमा बनाउन लागिएको हो। पुरुषोत्तम प्रधानले छायांकन गर्ने फिल्ममा नयाँ अनुहारको पनि अभिनय रहनेछ ।

फिल्मका निर्माता अमित बस्नेत, अजित केआर थापा र परी राना रहेका छन् । फिल्मको कार्यकारी निर्मातामा अंकित गौतम छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर