निर्वाचनको समयमा आफ्नो बहुमूल्य भोटको प्रयोग गर्न नपाउँदा चित्त दुखेको छ : केकी अधिकारी — OSNepal

निर्वाचनको समयमा आफ्नो बहुमूल्य भोटको प्रयोग गर्न नपाउँदा चित्त दुखेको छ : केकी अधिकारी

LC (KTM) May 11, 2022 0

काठमाडौ २८ वैशाख । विवाह लगत्तै अमेरिका पुगेकी अभिनेत्री केकी अधिकारीले स्थानीय तह निर्वाचनमा भोट हाल्न नपाउँदा चित्त दुख्नेको बताएकी छन् ।

‘काम विशेषले बाहिर भएको कारणले मैले यसपटक मेरो मताधिकारको प्रयोग गर्न पाइनँ । तपाईंहरुले चाहिँ आफ्नो एक भोटको मूल्य पक्कै बुझ्नुभएकै छ।’ उनले भनेकी छन् ।

एक भोटको मूल्य बुझेर निर्वाचनमा सहभागी हुने सबैले मताधिकारको सही प्रयोग गर्न समेत उनले आग्रह गरेकी छन् । शान्त ,सुरक्षित अनि सुव्यवस्थित वातावरणमा निर्वाचन सम्पन्न हुनसकोस् भन्ने कामना समेत उनले गरेकी छन् ।

उनले सामाजिक सञ्जालमा भनेकी छन् ,’निर्वाचनको समयमा देश बाहिर हुनु र आफ्नो बहुमूल्य भोटको प्रयोग गर्न नपाउनुले पनि चित्त दुख्ने रहेछ । काम विशेषले बाहिर भएको कारणले मैले यसपटक मेरो मताधिकारको प्रयोग गर्न पाइनँ । तपाईंहरुले चाहिँ आफ्नो एक भोटको मूल्य पक्कै बुझ्नुभएकै छ। निर्वाचनमा सहभागी भइ आफ्नो मताधिकारको सही प्रयोग गर्नुहोला। शान्त ,सुरक्षित अनि सुव्यवस्थित वातावरणमा निर्वाचन सम्पन्न हुनसकोस् भन्ने कामना गर्दछु, ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर