ऐश्वर्या रायका कारण हिट भएका थिए काजोल र प्रिती जिन्टा ! , शाहरुखसँग बिताएको छोटो समयमा नै बने दुवै मालामाल — OSNepal

ऐश्वर्या रायका कारण हिट भएका थिए काजोल र प्रिती जिन्टा ! , शाहरुखसँग बिताएको छोटो समयमा नै बने दुवै मालामाल

LC (KTM) June 13, 2021 0

कहिले काही समय यस्तो आउँछ जुन पहिला गरेको भए भनेर पश्चताप लाग्छ । बलिउडकी सुन्दरी ऐश्वर्या रायलाई पनि यस्तै महशुस भएको छ जबकि उनले सुपर डुपर हिट चलचित्र कुछ कुछ होता हे छोडेकी थिईन् ।

बलिउड निर्माता तथा निर्देशक करण जोहारको पहिलो फिल्म ‘कुछ कुछ होता हे’ ले एकदमै सुपथ कमाई समेत गर्न सफल भएको थियो । सन् १९९८ मा रिलिज यो फिल्ममा शाहरुख खान, काजोल र रानी मुखर्जी प्रमुख भूमिकामा थिए ।

यस फिल्मका लागि करण जोहारले अभिनेत्री ऐश्वर्या रायलाई लिन चाहेका थिए । करणको प्रस्तावलाई एकपल पनि नसोची ऐश्वर्याले टुक्राईदिएकी थिईन् । रानी मुखर्जीले टिनाको रुपमा खेलेको भुमिकाका लागि उनलाई प्रस्ताव गरिएको थियो । तर ऐश्वर्याले यसलाई सजिलै टुक्राईदिएकी थिइन् । ऐश्वर्याले ‘कुछ कुछ होता हे’ गर्न नचाहने कारण खुलाएकी छन् ।

‘मैले यो फिल्ममा काम गरेको भए मानिसहरुले मलाई मजाकको कारण बनाउथे । त्यो किन पनि हो भने टीनाको चरित्र सर्लक्क परेको कपाल, साधारण पहिरन मा क्यामराको अगाडि ग्ल्यामर देखायो भन्ने आरोप लाग्थ्यो’, उनले भनेकी छन् ।

करणको प्रस्तावलाई ऐश्वर्याले मात्र हैन अन्य अभिनेत्रीहरुले समेत लत्याईदिएका थिए । टीनाको भूमिकाका लागि ट्वींकल खन्ना, उर्मिला मातोडकर र तब्बुसम्मलाई अफर गरेका थिए । तर कसैले उनको अफरलाई स्वीकार गरेका थिएनन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर