३७ बर्षिया अविबाहित नायिका कैट्रिनाले रहस्य खोल्दै भनिन् हिजो आज सारै थकाई लाग्न थालेको छ, आखिर कस्तो लागेको हो उनलाई ? — OSNepal

३७ बर्षिया अविबाहित नायिका कैट्रिनाले रहस्य खोल्दै भनिन् हिजो आज सारै थकाई लाग्न थालेको छ, आखिर कस्तो लागेको हो उनलाई ?

LC (KTM) June 13, 2021 0

कैट्रिना कैफको फ्यानहरुको लागि खुशीको खबर आएको छ । कैट्रिना अब कोरोनाबाट पुरै रिकभर भएकी छिन् । ३७ बर्षिया कैट्रिना यहि अप्रिलमा कोरोना संक्रमित भएकी थिईन् । उनले आज आफ्नो इन्ष्टाग्राम एकाउण्टमा केही तस्बिर शेयर गर्दै आफ्नो फिटनेसको यात्राका बारेमा आफ्ना शुभचिन्तकहरुलाई बताएकी छिन् ।

उनले आफ्नो शरीरलाई एकदम भरपुर आराम दिएको बताएकी छिन् । रिकभर हुनलाई हतार नगरी शरिरलाई पुरा समय दिएको बताएकी छिन् । उनले आफ्नो स्टामिना बढाउन सुरु गरेकी छिन् । उनले कसरत गर्न थालेको बताएकी छिन् । उनले कोरोना मुक्त भईसके पछि धेरै थाक्ने गरेको समेत बताएकी छिन् ।

यो पनि : मान्छुपर्छ सलमानको आँटलाई, यस्तो महामारीको अवस्थामा पनि मोले कसैले मोल्न नसकेको जोखिम : कोरोना संक्रमण कम हुदै गएपछि भारतको आर्थिक राजधानी मुम्बइ बिस्तारै चलायमान हुन थालेको छ । बलिउडका लागि उर्बरभुमी मानिएको मुम्बईमा राज्य सरकारको गाइड लाइन्स अनुसार फिल्म शुटिंग गर्न पनि खुल्ला गरिएको छ ।
कतिपय फिल्म शुटिंगको काम सुरु समेत भइसकेको छ ।

त्यस्तै महाराष्ट्रका सिनेमाघर पनि खुल्न थालेका छन् । महाराष्ट्रका २ सिनेमाघरमा सलमान खानको राधे : योर मोस्ट वांटेड भाई रिलीज भएको छ ।घरेलु बक्स अफिसमा अहिले सम्म यस फिल्मले ६९ हजार २६५ रुपैया कमाई गरेको छ । महाराष्ट्रका एन्जोय, ए–ड्राइव–इन सिनेमा–मालेगाउँ तथा खिनवासरा सिनेप्लेक्स औरंगाबादमा राधेको रिलिज गरिएको हो ।

एन्जोय, ए–ड्राइव–इन सिनेमा घरमा राधेको २ शो र खिनवासरा सिनेप्लेक्समा ४ शो चलेको छ । ड्राइव–इन सिनेमा घरका संचालकका अनुसार बेलुका साढे ७ बजेको शो मा २२ जनाले आ आफ्नै कारमा फिल्म हेरे भने ४० जनाले कुर्सीमा बसेर फिल्म हेरेका थिए । सुरक्षा मापदण्ड अपनाएर अब हल प्रत्येक दिन चल्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर