मान्छुपर्छ सलमानको आँटलाई, यस्तो महामारीको अवस्थामा पनि मोले कसैले मोल्न नसकेको जोखिम — OSNepal

मान्छुपर्छ सलमानको आँटलाई, यस्तो महामारीको अवस्थामा पनि मोले कसैले मोल्न नसकेको जोखिम

LC (KTM) June 13, 2021 0

कोरोना संक्रमण कम हुदै गएपछि भारतको आर्थिक राजधानी मुम्बइ बिस्तारै चलायमान हुन थालेको छ । बलिउडका लागि उर्बरभुमी मानिएको मुम्बईमा राज्य सरकारको गाइड लाइन्स अनुसार फिल्म शुटिंग गर्न पनि खुल्ला गरिएको छ ।

कतिपय फिल्म शुटिंगको काम सुरु समेत भइसकेको छ । त्यस्तै महाराष्ट्रका सिनेमाघर पनि खुल्न थालेका छन् । महाराष्ट्रका २ सिनेमाघरमा सलमान खानको राधे : योर मोस्ट वांटेड भाई रिलीज भएको छ ।

घरेलु बक्स अफिसमा अहिले सम्म यस फिल्मले ६९ हजार २६५ रुपैया कमाई गरेको छ । महाराष्ट्रका एन्जोय, ए–ड्राइव–इन सिनेमा–मालेगाउँ तथा खिनवासरा सिनेप्लेक्स औरंगाबादमा राधेको रिलिज गरिएको हो । एन्जोय, ए–ड्राइव–इन सिनेमा घरमा राधेको २ शो र खिनवासरा सिनेप्लेक्समा ४ शो चलेको छ ।

ड्राइव–इन सिनेमा घरका संचालकका अनुसार बेलुका साढे ७ बजेको शो मा २२ जनाले आ आफ्नै कारमा फिल्म हेरे भने ४० जनाले कुर्सीमा बसेर फिल्म हेरेका थिए । सुरक्षा मापदण्ड अपनाएर अब हल प्रत्येक दिन चल्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर