हालै मात्र दोस्रो संतानलाई जन्म दिएकी अभिनेत्री करीना कपूरलाई अर्को बिपत,एकाएक किन खनिए करिना माथि फ्यान — OSNepal

हालै मात्र दोस्रो संतानलाई जन्म दिएकी अभिनेत्री करीना कपूरलाई अर्को बिपत,एकाएक किन खनिए करिना माथि फ्यान

LC (KTM) June 13, 2021 0

पौराणिक कथा रामायणमा आधारीत रहेर फिल्म बन्न लागेको छ । यसका लागि सिताको खोजी भईरहेका खबरहरु सार्वजनिक भईरदा करिना कपुरको बिषय जोड्नै पर्ने हुन्छ । उनलाई फिल्म निर्माण पक्षले सिताको भुमीका लागि प्रस्ताव त ग¥यो तर करीनाले आफुले काम गर्दै आएको पारश्रमिक भन्दा दोब्बर यानेकी १२ करोड मागिन ।

फिल्म निर्माण पक्षले करिनाको यो अति महत्वकांक्षी पारश्रमिक स्विकार गर्न सकेन र अर्काे सिताको खोजीमा लाग्यो । तर अहिले यो मामला धार्मिक कूरा संग जोडिन सुरु गरेको छ । करिना खान मुस्लिम परिवार भित्रको भएकोले उनले हिन्दु धर्मग्रन्थमा आधारीत फिल्ममा ठाडै नखेल्ने भन्दा पनि दोब्बर पारश्रमिक भनेर साईड लगाउन खोजीएको भन्दै तिब्र बिरोध सुरु भएको छ ।

अभिनेत्री करीना कपूर खानविरुद्ध ट्वीटर प्रयोगकर्ताले ‘ब्वाइकट करीना कपूर खान’ अभियान सुरु गरेका छन् । उनले १२ करोड माग्नु नै फिल्म खेल्न अस्विकार गर्नु हो भन्दै ट्वीटर प्रयोगकर्ता आक्रोशित भएका हुन् । करीनालाई ‘सीता’ चरित्रको लागि प्रस्ताव गरिएको समाचारको स्क्रिनसट शेयर गर्दै उनलाई बहिस्कार गर्न माग गरेका छन् ।

प्रयोगकर्ताले करीनाले एक मुस्लिमसँग विवाह गरेकाले उनले सीताको चरित्र निभाउन नसक्ने दाबी गरेका छन् । त्यहीकारण उनीहरुले ‘ह्यासट्याग ब्वाइकट करीना कपूर खान’ ट्रेण्ड सुरु गरेका हुन् । तर फिल्म निर्माण पक्षले पारश्रमिक भन्दा पनि करिना उपयुक्त पात्र नभएकोले नलिइएको दाबी गरेको छ । तर अहिले ट्विटर प्रयोगकर्ताहरु करिनाको यो रबैया प्रति धेरै नै आक्रोशित भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर