मतदान गर्न क्रियापुत्री — OSNepal

मतदान गर्न क्रियापुत्री

LC (KTM) May 13, 2022 0

धनुषा- स्थानीय तहको निर्वाचनमा पदाधिकारी चुन्न धनुषाको क्षीरेश्वरनाथ नगरपालिका– ५ स्थित क्षीरेश्वर जनता उच्च माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गर्नका लागि लाममा बस्नु भएका एक क्रियापुत्री । तस्वीर ः अजयकुमार साह÷रासस

कैलाली जिल्लामा स्थानीय तहको निर्वाचनका क्रममा आज मतदाताहरुले शान्तिपूर्ण वातावरणमा मताधिकार प्रयोग गरिरहेका छन् । मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधीश जयानन्द पनेरुले जिल्लाभरका मतदान केन्द्रमा आज बिहान ७ बजेदेखि सुरु भएको मतदानमा मतदाताले उत्साहजनक रुपमा मताधिकार प्रयोग गरिरहेको बताउनुभयो ।

बिहान ११ बजेसम्म जिल्लामा १७ देखि २५ प्रतिशतसम्म मत खसेको अनुमान गरिएको उहाँको भनाइ थियो । जिल्लाका केही स्थानीय तहमा आजैदेखि मतगणना सुरु गर्ने तयारी भइरहेको छ । धनगढी उपमहानगरपालिकाको मतगणना भने भोलि ११ बजेबाट सुरु गर्ने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत पनेरुले जानकारी दिनुभयो ।जिल्लामा १३ स्थनीय तहमध्ये सबै तहका मतपेटिका सम्बन्धित निर्वाचन कार्यालयमा ल्याएपछि मतगणना सुरु हुने जनाइएको छ । केही दिनदेखि बढेको गर्मीले जनजीवनमा असर पारेकामा गएराति भएको वर्षाले भने शीतलता भएपछि मतदातालाई मतदानस्थलसम्म पुगेर मतदान गर्न सहज भएको छ ।निर्वाचनका लागि जिल्लाका कूल १३ स्थानीय तहमा २३६ मतदानस्थल र ६१९ मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर