क्लबमा पहिलो पटक सन्नी लियोनी माथि परेको थियो डेनियलको नजर, डेटमा जान गरेकी थिईन् इन्कार — OSNepal

क्लबमा पहिलो पटक सन्नी लियोनी माथि परेको थियो डेनियलको नजर, डेटमा जान गरेकी थिईन् इन्कार

LC (KTM) May 13, 2022 0

आज सन्नी लियोनीलाई कुनै परिचयको आवश्यकता छैन। सन्नीलाई बलिउडकी चर्चित अभिनेत्री मध्ये एक मानिन्छ । उनलाई बलिउड उद्योगको सबैभन्दा हट र सुन्दर अभिनेत्रीमा गनिन्छ।सनी लियोनीले धेरै बलिउड फिल्ममा आफ्नो अभिनय शक्ति देखाएर दर्शकको मन जितेकी छिन्। सन्नी रियालिटी शो बिग बोस ५ मा वाइल्ड कार्ड प्रतियोगीका रुपमा चर्चामा आएकी थिइन् । त्यसपछि महेश भट्ट र पूजा भट्टको फिल्म ‘जिस्म २’ बाट उनको पहिचान भयो ।

सन्नीले सबैको मनमा राज गरे पनि उनको मनमा पति डेनियल वेबरले शासन गरेका छन् । सनीका पति डेनियल वेबर पनि एडल्ट फिल्मका स्टार हुन् । यी दुईले २०११ मा विवाह गरेका थिए तर सन्नीले सहजै राजी भएकी थिईनन् । सन्नीले यो आफ्नो तर्फबाट पहिलो नजरमा प्रेम नभएको तर ड्यानियलले पहिलो नजरमा नै मन पराउन थालेको बताइन् । सन्नीले भेगासको एक क्लबमा साथीमार्फत डेनियललाई भेटेको बताईन् ।

सन्नीले ड्यानियलका अनुसार पहिलो नजरमा नै प्रेम भएको उनको भनाइ थियो, तर मेरो लागि त्यस्तो थिएन किनभने हामी धेरै कम कुरा गर्यौं। जब डेनियलले सन्नीलाई डेटमा लैजाने प्रस्ताव राखेका थिए तर अभिनेत्रीले इन्कार गरिन् । त्यसपछि ड्यानियलले मेरो नम्बर र इमेल आइडी प्राप्त गरे। त्यो बेला मलाई मन परेको कुरा के हो भने नम्बर भए पनि ड्यानियलले मलाई फोन नगरेर मेल गरे र यसरी हाम्रो कुराकानी सुरु भयो ।

त्यो दिन म न्युयोर्क जाँदै गर्दा ड्यानियलले मेरो नम्बर मागे र मैले उसलाई मेरो नम्बर दिए जस पछि उसले मलाई भेट्न भन्यो। पहिलो डेटमा सन्नी ३ घण्टा ढिलो भएपनि डेनियलले उनलाई पर्खिरहे । सन्नीले त्यो पल निकै सुन्दर रहेको बताइन्, पूरा रेष्टुरेन्टमा दुईजना मात्रै भए जस्तो लाग्थ्यो र अरु सबै हराइरहेको जस्तो लाग्थ्यो । उनीहरुबीच लगातार ३ घण्टा कुराकानी भएको थियो । एक दिन सन्नी ओमानमा हुँदा ड्यानियलले उनलाई संसारका विभिन्न ठाउँबाट ल्याएको सीडी र फूलको गुच्छा पठाए। डेनियलको यति धेरै माया देखेर सन्नी पनि उनको प्रेममा परिन् ।

त्यतिबेला सन्नीकी आमाको मृत्यु भइसकेको थियो र त्यही बेला उनी ब्रेकअपबाट बाहिर आएकी थिइन् । सन्नीले भनिन्, ‘रातमा अचानक ब्युँझिएर आमालाई सम्झेर रुन थाल्दा ड्यानियलले सधैं उनको हात समातेर आफूसँगै भएको महसुस गराउने गरेका थिए । सन् २०१६ मा सन्नी १०० प्रभावशाली महिलाको सूचीमा परेकी थिइन् । उनी प्रियंका चोपडा पछि मात्र दोस्रो सबैभन्दा धेरै खोजिने भारतीय सेलिब्रिटी ९जनवरी र अप्रिल २०२० बीच ३।१ मिलियन पटक० बनिन्, जसको खोज औसत ३९ लाख थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर