मतपेटिकाहरु तोडफोड भएपछि सप्तरीको डाक्नेश्वरीमा निर्वाचन स्थगित — OSNepal

मतपेटिकाहरु तोडफोड भएपछि सप्तरीको डाक्नेश्वरीमा निर्वाचन स्थगित

LC (KTM) May 13, 2022 0

सत्तरी ३० वैशाख । केहि व्यक्तिको समूहले मतपेटिकाहरु तोडफोड गरेपछि जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर २ स्थित हरिरबा जनता मावि मतदान केन्द्रको मतदान स्थगित भएको छ ।

उक्त समुहले मतपेटिकाहरु तोडफोड गर्दै मतदान अधिकृतलाई कुटपिट गरेपछि निर्वाचन स्थगित गरिएको छ । अब स्थगित भएको निर्वाचन आगामी जेठ १ गते हुने भएको छ ।

कुटपिटबाट घाइते भएका मतदान अधिकृत विपिन यादवलाई उपचारको सदरमुकाम राजविराज पठाइएको छ ।

मतदान अधिकृतले एक अशक्त मतदाताको मतदान एउटाको साटो अर्को चिन्ह लगाएको भन्दै विवाद सुरु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर