साउथ फिल्म हेर्ने बानी भयो दर्शकलाई , हिन्दी फिल्म ‘जयशभाइ जोरदारको ब्यापार निराशाजनक — OSNepal

साउथ फिल्म हेर्ने बानी भयो दर्शकलाई , हिन्दी फिल्म ‘जयशभाइ जोरदारको ब्यापार निराशाजनक

LC (KTM) May 13, 2022 0

साउथ फिल्म संग हिन्दी फिल्महरु एकदमै कमजोर बन्दै गएको छ । पछिल्लो समय साउथ फिल्म पुष्पा, आरआरआर, केजीएफ २ लगायतका फिल्मले राम्रो मात्र कमाई गरेनन् अरु हिन्दी फिल्मको बात्तो नै बसाए । साउथ फिल्मको अगाडी बलिउडका चर्चित स्टारहरुको फिल्म समेत ओझेलमा परे । यसैक्रममा केही सातादेखि चर्चामा रहेको बलिउड स्टार रणवीर सिंह अभिनित फिल्म ‘जयशभाइ जोरदार’ ले पनि लय समात्न सकेन ।

साँच्चिकै भन्दा यस फिल्मलाई दर्शकले रुचाएनन् । धेरै प्रचारबाजी गरिए पनि यसले बक्स अफिसमा निराशजन ब्यापार गरेको छ । फिल्म एकदमै सान्दर्भिक कथावस्तुमा बने पनि भारतीय बक्सअफिसमा राम्रो ओपनिङ गर्न असफल भएको हो । यस फिल्मलाई लिएर निक्कै अपेक्षा गरिएको थियो । हिन्दी अनलाईन् संस्करणका अनुसार बिहान र दिउँसोको शो मा ओपनिङ अकुपेन्सी १० प्रतिशत मात्र कायम गर्न सकेको छ ।

२२५० वटा स्क्रिनबाट रिलिज भएको फिल्मले यसवर्ष उच्च ब्यापार गर्ने फिल्मको इतिहासलाई दोहो¥याउने अपेक्षा थियो । तर साउथ फिल्मका अगाडी दर्शकलाई यो फिल्म फिक्का लागेको छ । यसैबीच नेपालमा भने भोलि शनिबारदेखि फिल्म प्रदर्शन तयारीमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर