आईपीएलमा आज बैंग्लोर र पन्जाब भिड्दै — OSNepal

आईपीएलमा आज बैंग्लोर र पन्जाब भिड्दै

LC (KTM) May 13, 2022 0

इन्डियन प्रिमियर लिग आईपीएल टी ट्वान्टी क्रिकेटमा आज एक मात्र खेल हुदैछ । मुम्बईको स्टेडियममा आज बेलुका हुने खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र पन्जाब किङ्सबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल राती पौने ८ बजे सुरु हुनेछ । बैंगलोर आज जसरी भए पनि आठौं जित निकाल्ने दाउमा रहेको छ । पन्जाबलाई हराएर बैंगलोर तेस्रो स्थानमा समेत उक्लन चाहन्छ । बैंगलोर १२ खेलमा १४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

पन्जाब पनि छैटौं जितको खोजी सहित मैदान छिर्नेछ । प्ले अफ पुग्ने सम्भावना कायम राख्न पनि पन्जाबलाई आज जसरी भए पनि जित निकाल्नु पर्ने अवस्था रहेको छ । पन्जाब ११ खेलमा १० अंक जोडेर आठौं स्थानमा रहेको छ । यस अघिको भेटमा पन्जाबले बैंगलोरलाई हराएको थियो । मुम्बईमै भएको खेलमा पन्जाब ५ विकेटले विजयी भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर