कांग्रेसका कार्यकर्ताबाट कुटिएका व्यास नगरपालिकाका मेयर जोशीलाई थप उपचारको लागि काठमाडौं ल्याइयो — OSNepal

कांग्रेसका कार्यकर्ताबाट कुटिएका व्यास नगरपालिकाका मेयर जोशीलाई थप उपचारको लागि काठमाडौं ल्याइयो

LC (KTM) May 13, 2022 0

तनहुँ ३० वैशाख । तनहुँको व्यास नगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार दीपकराज जोशीलाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ ।

ब्यास नगरपालिका ९८ को मतदान केन्द्र निरिक्षण गर्न पुगेका मेयर जोशीमाथि नेपाली कांग्रेसका कार्यकर्ताले कुटपिट गरेका थिए ।

दमौली अस्पतालमा सामान्य उपचारपछि उनलाई थप उपचारको लागि काठमाडौं ल्याइएको हो ।

तर, कांग्रेसले भने आफुहरुले नकुटेको भन्दै जोशीले नै मतपत्र च्यातेपछि स्थानीय बासिन्दाले नै आक्रमण दावी गरेको छ ।

उनको टाउको चोट लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर