आधुनिक यूएईका निर्माता मानिने यूएईका राष्ट्रपति शेख खलिफा बिन जायदको निधन — OSNepal

आधुनिक यूएईका निर्माता मानिने यूएईका राष्ट्रपति शेख खलिफा बिन जायदको निधन

LC (KTM) May 13, 2022 0

काठमाडौं-संयुक्त अरब ईमिरेट्स यूएईका राष्ट्रपति शेख खलिफा बिन जायद अल नयनको ७३ वर्षको उमेरमा आज निधन भएको छ । समाचारमा जनाइए अनुसार उनको निधनमा ४० दिन सम्म राष्ट्रिय झण्डालाई आधा झुकाएर शोक मनाउने घोषणा गरिएको छ ।

त्यस्तै तीन दिनसम्म मन्त्रालय, सरकारी तथा निजी सबै कार्यालयहरु बन्द गर्ने जनाइएको छ । केही वर्षदेखि बिरामी खलिफाले आफ्ना बुवा शेख जायद बिन शुल्तान अल नयनको निधनपछि सन् २००४ देखि यूएईको राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आएका थिए । शेख खलिफालाई आधुनिक यूएईका निर्माता पनि मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर