फेसबुकमा सार्वजनिक भएको बालेन शाहको मतपरिणाम फेक, काठमाण्डौमा मतगणना नै सुरु भएको छैन — OSNepal

फेसबुकमा सार्वजनिक भएको बालेन शाहको मतपरिणाम फेक, काठमाण्डौमा मतगणना नै सुरु भएको छैन

LC (KTM) May 13, 2022 0

सामाजिक सञ्जालमा अहिले निक्कै चर्चित बनेका काठमाण्डौ महानगरपालिकाका स्वतन्त्र मेयर पदका उम्मेद्धार बालेन शाह यतिबेला सबैको चासोको बिषय बनेका छन् । तर सामाजिक सञ्जालमा मत गणना सुरु हुनु अघिनै कति मत प्राप्त गरे भन्ने फेक मत सार्वजनिक हुन सुरु भएको छ । तर चासोका साथ हेरिएको काठमाडौं महानगरपालिकाको मतगणना सुरु हुन अझै केही घण्टा लाग्ने बताईएको छ ।

प्रमुख निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार साँझ ५ बजेदेखि मतगणनास्थल राष्ट्रिय सभागृहमा मतपेटिका बुझिरहेपनि अझै यो क्रम नसकिएको जानकारी दिएको छ । निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मतपेटिका बुझ्न अझै ५०–६० वटा बाँकी रहेको भन्दै सो कार्य सकिएपछि सर्वदलीय बैठक बसेर मतगणना हुने समय निर्क्योल गर्ने बताए । सर्बदलीय बैठक अहिले बस्न लागेको बताईएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर