मनाङको चामे गाउँपालिका ५ को वडाध्यमा गोलाप्रथाबाट एमालेका कैले गुरुङ बिजयी — OSNepal

मनाङको चामे गाउँपालिका ५ को वडाध्यमा गोलाप्रथाबाट एमालेका कैले गुरुङ बिजयी

LC (KTM) May 14, 2022 0

लमजुङ, ३१ वैशाख :

मनाङको चामे गाउँपालिका वडा नम्बर ५ को वडाअध्यक्षमा गोलाप्रथाबाट एमालेका कैले गुरुङ विजयी भएका छन् ।

शुक्रबार रातिको मतपरिणाम अनुसार एमालेका उम्मेदवार गुरुङ र कांग्रेस उम्मेदवार फुर्पा छिरिङ लामाले बराबर ३०-३० मत ल्याएका थिए । दुवैजनाको सल्लाहमा गोलाप्रथा गर्दा कैले गुरुङ वडाअध्यक्षमा विजयी भएका हुन ।

गुरुङ यसअघि पनि चामे गाउँपालिका ५ का वडाअध्यक्ष थिए । उक्त वडामै खुला सदस्यमा नेकपा एमालेका समिरा गुरुङ र नेपाली कांग्रेसका सेराव विष्टको बराबर २८-२८ मत खसेको थियो । दुवैजनाको सहमतिमा गोलाप्रथा गर्दा एमालेका समिरा विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर